Sun. Apr 28th, 2024

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २०७६ मंसिर १९ गते बिहीबार ।

प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो अस्पताल बसाइ पछि विहीबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँ दिउँसो डिस्चार्ज हुनु भएको हो ।

गोरखापत्र अनलाईनका अनुसार उहाँलाई एपेन्डिसाइटिसको समस्या भए पछि अघिल्लो मंगलबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भस्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनु भएको थियो । उहाँलाई आन्द्रमा समेत संक्रमण भएका कारण केही दिन अस्पतालमा राखी आज डिस्चार्ज गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अस्पतालमा गएर प्रधानमन्त्रीसँग भेट गर्नु भएको थियो ।

Facebook Comments