Sat. Apr 27th, 2024

बुद्धिबहादुर तामाङद्वारा साइक्लिङमा नेपाललाई ३२ औं स्वर्ण

काठमाडौं, २०७६ मंसिर १९ गते बिहीबार ।

१३औं दक्षिण एसियाली खेलकुद (SAG) मा बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जित्नु भएको छ । यससँगै जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ । बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभयो । यस्तै १ मिनेट १९।४० सेकेण्डमा दुरी पारे गरेका नेपालकै राजिभ राईले रजत र १ मिनेट २१।०० सेकेण्डमा निर्धारित दुरी पार गरेका ओकेशराज बज्राचार्यले काश्य जित्नु भयो ।

आठौंको रेकर्ड तोडियो

बुद्धिबहादुरको स्वर्णसँगै नेपालले सागको एउटै संस्करणमा जितेको सर्वाधिक स्वर्ण जितेको छ । यसअघि १९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । १९८४ मा साफ शुरु हुँदा नेपालले जम्मा चार स्वर्ण जितेको थियो । १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ मा दुई, १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । २००४ मा पाकिस्तानमा आयोजित साफमा नेपालमा जम्मा सात स्वर्ण जित्यो । २००६ मा श्रीलंकामा आयोजित दशौं संस्करणदेखि साफको नाम साग बन्यो ।

त्यसमा नेपालले ७ स्वर्ण जित्यो । ड्रोपिङ टेस्ट अनुत्तीर्ण भएपछि राजेन्द्र भण्डारीले जितेको दुई वटा स्वर्ण पदकले मान्यता पाएन । २०१० मा ढाकामा आयोजित सागमा आठ र २०१६ मा भारतमा आयोजित १३ औं सागमा जम्मा तीन वटा स्वर्ण जितेको थियो । अनलाईन खवरबाट ।

Facebook Comments