Fri. Sep 20th, 2024

मुख्यमन्त्री राई पक्षको अवरोधका कारण प्रदेश नम्वर १ को प्रदेशसभा बैठक स्थगित

काठमाडौं, २०७७ माघ २५ गते आईतबार

मुख्यमन्त्री शेरधन राई पक्षको अवरोधका कारण प्रदेश नम्वर १ को प्रदेशसभा बैठक दुई मिनेट मात्र बसेर स्थगित भएको छ ।

सत्तापक्षले नै नियमापत्ती जनाएर बैठक चल्न नदिएपछि सभामुख प्रदीपकुमार भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । सभामुख भण्डारीले बैठक सुरु भएको जानकारी गराएलगत्तै सत्तारूढ नेकपा ओलीसमूहका सांसदहरूले अवरोध गरेका थिए ।

विभाजित नेकपाको ओली र प्रचण्ड-नेपाल समूहको विवादका कारण प्रदेशसभा बैठक अन्योलमा परेपछि राज्य व्यवस्था परामर्श समितिले विवाद टुंग्याउने प्रयास गरेकाे थियाे ।

तर, सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री राईविरुद्धकाे अविश्वास प्रस्ताव टेबल हुन नसक्ने र संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री राईले निलम्बन गरेका १६ जना सांसद प्रदेशसभामा सहभागी हुन नपाउने अडान राखेपछि सहमति जुट्न सकेन । प्रस्ताव पेस गरेकाे प्रचण्ड-नेपाल समूहले प्रदेशसभामा अविश्वास प्रस्ताव टेबल गरी छलफल सुरु गर्नुपर्ने अडान राखेकाे थियाे ।

Facebook Comments