बेपत्ता भएका प्रहरी सहायक निरीक्षकको शव चितवनमा भेटियो
भरतपुर, २०८२ असार २४ गते मंगलबार । रसुवाको बाढीमा बेपत्ता भएका एकजना प्रहरीको शव चितवनमा भेटिएको छ । भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित त्रिशूली नदी किनारमा शव भेटिएको हो ।
बाढीमा बेपत्ता तीनजना प्रहरीमध्ये रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ घर भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव आज साँझ ६ः२० बजे त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
उहाँको शवको एउटा खुट्टामा प्रहरीको बुट भेटिएको थियो । श्रेष्ठको पहिचान उहाँकी श्रीमतीले गर्नुभएको पुरीले बताउनुभयो । प्रहरीचौकी हाकु रसुवामा दरबन्दी रहेका उहाँ इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत हुनुहुन्थ्यो ।रासस
Facebook Comments

