Fri. Sep 20th, 2024

पीसीआरको अधिकतम शुल्क अब ४ हजार ४ सय रुपैयाँ भाद्र १४, २०७७स्वरूप आचार्य

काठमाडौं, २०७७ भदौं १४ गते आईतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको छ ।

मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अब कुनै पनि संस्थाले सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने छन् । ‘सबै शुल्क जोडेर अधिकतम ४४०० सय रुपैयाँ हो । त्यो भन्दा बढी एक रुपैयाँ पनि लिन पाइँदैन,’ उनले भने ।

यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमै पीसीआरका लागि प्रयोग हुने रिएजेन्ट, आरएनए एक्सट्र्याक्टर तथा भीटीएम लगायतको मूल्यमा भारी गिरावट आए पनि सरकारले पीसीआरको मूल्य भने घटाएको थिएन । कान्तिपुर अनलाईनबाट

Facebook Comments