Fri. Sep 20th, 2024

कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २ करोड ४८ लाख ८८ हजार, मृत्युहुनेहरुको संख्या ८ लाख ४० हजार भन्दा धेरै

- नेपालमा थप ८८४ जना सङ्क्रमितसहित ३७ हजार ३४० पुग्याे

काठमाडौं, २०७७ भदौं १३ गते शनिबार

विश्वभर महामारीको रुपमा फैलिएको नोबल कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या २ करोड ४८ लाख ८८ हजार नाघेको छ । यस्तै संक्रमणबाट मृत्युहुनेहरुको संख्या ८ लाख ४० हजार भन्दा धेरै रहेको छ । हालसम्म १ करोड ७२ लाख ७६ हजार संक्रमित कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर थप २ लाख ७३ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने ५ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ ।

नेपालमा ८८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४२ महिला र  ६४२ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३७ हजार ३४०  पुगेको जनाइएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार ५७७ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४५  र संस्थागत आइसोलेसनमा १० हजार १४५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ५५५  पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू आठ हजार ३५ रहेका छन् । एजेन्सी 

Facebook Comments