Sat. Jan 4th, 2025

भारतको स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु   

नयाँ दिल्ली, २०८१ पुस १७ गते बुधबार ।  भारतको पश्चिमी राज्य गुजरातमा मङ्गलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा कम्तीमा चार कामदारको मृत्यु भएको छ भने एक जना घाइते भएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ ।

घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल प्लान्टमा भएको हो ।

सिन्ह्वाका अनुसार  स्टील प्लान्टका प्रवक्ताले भन्नुभयो,“घटना उपकरणको विफलताको कारण भएको हो ।”

“हामीले थाहा पाएका छौं कि प्लान्टको एक भागमा कोइला जलाउँदा अचानक आगो फैलियो । परिणामस्वरूप आगोले प्लान्टमा लिफ्टमा रहेका चार मजदुरको मृत्यु भयो,” सुरतका पुलिस आयुक्त अनुपम सिंह गहलोतले बताउनुभयो ।

Facebook Comments