Fri. Sep 20th, 2024

भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौं, २०७७ साउन ३१ गते शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतका आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । गोरखापत्र अनलाईनका अनुसार शनिबार सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री ओलीले नेपाल र नेपालीका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदी जी र भारतीय जनतालाई ७४ औँ स्वतन्त्रताको दिवसका अवसरमा बधाई तथा शुभकामना छ  ।”

साथै स्वतन्त्रता दिवसको अवसरमा भारत र भारतीय जनताको थप प्रगति र उन्नतिकाे कामना पनि प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

Facebook Comments