Fri. Sep 20th, 2024

सिन्धुपाल्चाेक पहिरोमा मृत्यु भएका १६ को सनाखत, २३ अझै बेपत्ता

- लिदीको बस्ती स्थानान्तरण गरिने गृहमन्त्रीको भनाई

काठमाडौं, २०७७ साउन ३१ गते शनिबार

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२, लिदीमा पहिरोमा पुरिएर मृत्यु भएका १६ जनाको सनाखत भएको छ । शुक्रबार बिहानको पहिरोमा पुरिएका ३९ मध्ये १६ को शव निकालिएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा परी वर्ष ३६ की टीकामाया दोङ, १४ का छिरीङ दोङ, ८ का मिलन दोङ, ५ का सानु दोङ, ७० का जयबहादुर दोङ, ३० की दावा लमु दोङ, ५ की प्रिति दोङ, ५ की तारालामु दोङ, ३४ की धनमाया दोङ र ४ महिनाकी रेमीश दोङको सनाखत भएको हो ।

त्यस्तै आज थप चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ । साेह्र वर्षीय माईला पाराङ, ३७ की मेकमाई, १९ की च्यामा, ७ की विमला र सात महिनाको कविर दोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भन्नुभयो । नेपाली सेना, प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाहरूको खोजी जारी राखेका छन् ।’ घाइतेहरू रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरीङ दोङ, दावालाङ्वो दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँको सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताउनुभएको छ ।

पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उहाँले सो कुरा बताउनुभएको हो । बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् ।

मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताउनुभयो । सरकारको तर्फबाट उद्धार कार्यलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तिब्र बनाउने गृहमन्त्रीको भनाइ थियो ।

शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुग्नुभएको थियो । उहाँले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निश्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुख व्यक्त गर्नुभयो ।

मन्त्री थापाले भन्नुभयो, “उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बाँस बसेपनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो ।” पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उहाँले बताउनुभयो । उद्धार सकिएपछि वस्ती स्थानान्तरण गरी पीडितहरुका लागि उपयुुक्त स्थानमा वासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने उहाँले आश्वासन दिनुभयो ।

गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पु¥याइएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडा वर्तन, ४० वटा ब्ल्याकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन ६० थान पञ्जा लगिएको हो । सोही क्रममा मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारको तर्फबाट रु दुई लाख हस्तान्तरण गर्नुभयो ।  गोरखापत्र अनलाईनबाट

Facebook Comments