Sun. Apr 19th, 2026

‘रुसले कोरोना विरुद्धको विश्वकै पहिलो खोप दर्ता गरेको छ’

सीएनएन, गेमेलया राष्ट्रिय अनुसन्धान केन्द्रले तयार गरेको खोपको उत्पादन प्रकृयामा जुटेकी एक ल्याब टे

       

काठमाडौं, २०७७ साउन २७ गते मंगलबार

रुसले कोरोनाभाइरस विरुद्ध स्थायी प्रतिरक्षामुलक खोपको विकास गरेको छ ।

यो पहिलो खोपबारे राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । ‘यस बिहान, विश्वमै पहिलो पटक कोरोनाभाइरसविरुद्ध एउटा खोप रुसमा दर्ता भएको छ,’ नेता पुटिनले भनेका छन् ।


पुटिनले आफ्नी एउटी छोरीलाई पनि यस खोप लगाएको बताएका छन् । पुटिनले अघि भनेका छन्, ‘मेरी एक छोरीलाई पनि यो खोप लगाइएको थियो । यसर्थ, मलाई लाग्छ, उनले पनि यो परीक्षणमा भाग लिइन् ।’

रुसले कोभिड १९ विरुद्धको खोप विकासमा तीव्र रुपमा काम गर्दैआएको छ । यही महिनाको सुरुमै भनिएको थियो कि, उक्त खोप केही सातामै आम मानिसले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक हुनेछ । र अर्को वर्षदेखि दशौँ लाख मानिसले प्रयोग गर्न सक्ने गरी उत्पादन हुने बताइएको थियो । विश्व स्वास्थ्य संगठनले भने गत साता रुसलाई स्थापित निर्देशिका तथा मान्यता पछ्याउन आग्रह गरेको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments