Wed. Dec 25th, 2024

लक्ष्मी पूजा : राति राजधानीमा बढी चहलपहल   

काठमाण्डू, २०८१ कात्तिक १६ शुक्रबार । नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाण्डू उपत्यकामा बढी नै चहलपहल देखिन्छ । विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल देखिएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाण्डू उपत्यकाका धेरै स्थानमा भैलो खेल्नेको चलहपहल देखिएको हो । लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ । रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाण्डू उपत्यकामा चहलपहल बढेको हो । राति नौ बजेपछि देखि नै सुनसानप्रायः हुने राजधानीका सडकमा बिहीबार अबेरसम्म बाक्लै चहलपहल देखिएको छ ।

राससका अनुसार  काठमाण्डू उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, बालाजुलगायत क्षेत्रमा बढी चहलपहल देखिएको छ । यी क्षेत्रमा मानिस समूह बनाएर भैलो खेलिरहेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन भलो होस् भनी भैलो खेल्ने गरिन्छ ।

पसलमा आगलागी, चार लाखको क्षति

यसैगरी काठमाण्डू महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी हँुदा रु चार लाख बढीका क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Facebook Comments