Wed. Jul 8th, 2026

नेकपा नेता नेपाल र चिनियाँ राजदूत होउबीच भेटवार्ता

       

काठमाडौं, २०७७ असार २२ गते सोमबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच आइतबार भेटवार्ता भएको छ।

नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ उहाँकै निवास कोटेश्वर पुग्नुभएको थियो। नेकपामा विवाद चुलिएका बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ राजदूत र नेता नेपालबीच भेट भएको पुष्टि गर्नुभयो। अनलाइनखबरका अनुसार चिनियाँ राजदूतले नेकपाको आन्तरिक विवादबारे चासो राखेको बताएपनि कुराकानीको मुख्य विषय खुलाइएको छैन।

गत वैशाखमा पनि नेकपाभित्र आन्तरिक कलह बढ्दा राजदूत होउले सक्रियता देखाउनुभएको थियो भने राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेताहरुसम्मलाई छुट्टाछुट्टै भेट्नुभएको थियो।

Facebook Comments

सम्बन्धित समाचार