Sat. Apr 27th, 2024

कोरोना महामारीबाट विश्वको पर्यटनमा करिब १२ खर्ब डलरको क्षति

काठमाडौं, २०७७ असार १८ गते बिहीबार

राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनबाट जुलाई १ तारिख प्रकाशित प्रतिवेदन अनुसार, कोभिड-१९ महामारीको प्रभावमा विश्वको पर्यटन चार महिनासम्म स्थगित भएर करिब १२ खर्ब डलर्रको क्षति भएको छ। यो रकम विश्व गार्हस्थ उत्पादन मात्राको १.५ प्रतिशत रहेको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार सबैभन्दा निराशावादी अवस्थामा यदि महामारीको प्रभाव १२ महिनासम्म भएमा विश्व पर्यटनको क्षति ३३ खर्ब डलर पुग्ने अनुमान उक्त प्रतिवेदनले गरेको छ।

तुलनात्मक विकासोन्मुख मुलुकका लागि पर्यटनको क्षतिको प्रभाव अझ गम्भीर रहेको छ।

व्यापार तथा विकास सम्मेलनले विभिन्न देशसँग सामाजिक प्रत्याभूतिलाई मजबुद पार्न आह्वान गरेको छ।

Facebook Comments