Sun. Sep 22nd, 2024

छत्रपाटी अस्पताललाई डिजिटल एक्स्रे मेसिन हस्तान्तरण

रमेश हतुवाली/काठमाण्डू, २०८१ असोज १ गते मंगलबार । काठमाण्डू क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क अस्पताललाई रोटरी क्लव अफ सिमिचू नर्थ, जापानले अत्याधुनिक सुविधा सम्पन्न डिजिटल एक्स्रे मेसिन हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ न्यूरोड सिटी काठमाण्डूको सहयोगमा आज एक कार्यक्रमको आयोजना गरी सो डिजिटल एक्स्रे मेसिन छत्रपाटी निःशुल्क अस्पताललाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै रोटरी क्लव अफ सिमिचू नर्थ, जापानका अध्यक्ष सागुछी केइकोले छत्रपाटी निःशुल्क अस्पताललाई अत्याधुनिक सुविधा सम्पन्न डिजिटल एक्स्रे मेसिन हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो । अध्यक्ष केइकोले आउदा दिनहरुमा पनि सो अस्पतालको पूर्वाधार विकासमा आफ्नो संस्थाले सहयोग उपलब्ध गराउने जानकारी दिनुभयो ।

सागुछी केइको, अध्यक्ष, रोटरी क्लव अफ सिमिचू नर्थ, जापान

सो समारोहलाई सम्बोधन गर्नुहुँदै छत्रपाटी निःशुल्क अस्पतालका अध्यक्ष डाक्टर मनोजमान श्रेष्ठले अस्पतालको पूर्वाधार विकास र अत्याधुनिक प्राविधिक उपकरणहरु उपलब्ध गराउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष श्रेष्ठले रोटरी क्लव अफ सिमिचू नर्थ, जापानले उपलब्ध गराएको अत्याधुनिक सुविधा सम्पन्न डिजिटल एक्स्रे मेसिनको प्रयोगबाट सेवाग्राहीहरुलाई लाभ प्राप्त हुने जानकारी दिनुभयो ।

डा. मनोजमान श्रेष्ठ, अध्यक्ष, छत्रपाटी निःशुल्क अस्पताल

हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै काठमाण्डू महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सबैको साथ र सहयोगबाट छत्रपाटी निःशुल्क अस्पतालले निरन्तर भौतिक प्रगति गरिरहेको जानकारी दिनुभयो । रोटरी क्लव अफ सिमिचू नर्थ, जापानले उपलब्ध गराएको अत्याधुनिक सुविधा सम्पन्न डिजिटल एक्स्रे मेसिनको नेपाली मूल्य ६५ लाख रहेको अस्तालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताउनुभयो ।

Facebook Comments