Sun. Sep 22nd, 2024

विद्यालयस्तरीय पाचौं संस्करणको विराटनगर बास्केटबलको उपाधि विकेभीएम र अरनिको स्कुललाई

विराटनगर,२०८१ असोज १ गते मंगलबार । विद्यालयस्तरीय ‘विराटनगर बास्केटबल कप’ पाचौं संस्करणको उपाधि दुई विद्यालयले जितेका छन् ।

एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेका हुन् ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गतेदेखि ३० गतेसम्म संचालन भएको प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा विकेभीएमले सगरमाथा स्कुललाई ५६-३५ अंकले पराजित गर्दै उपाधि जितेको छ । त्यसैगरी एभरेष्ट स्कुल तृतीय भएको छ ।

त्यस्तै महिलातर्फ अरनिकोले विकेभीएम स्कुललाई २६-२४ अंकले पराजित गर्दै उपाधि जितेको छ । त्यसैगरी एभरेष्ट स्कुल तृतीय भएको छ ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ विकेभीएमका आकाश यादव र महिलातर्फ अरनिको स्कुलकी नोभा ओझा घोषित भईन । भने उनीहरुले ट्रफी र दुई हजार ५ सय रुपैया नगद पुरस्कार पाए । सगरमाथाका नविन मेहेता र महिलातर्फ विकेभीएमकी गीता खड्का उदयमान खेलाडी घोषित भईन । उनीहरुले ट्रफी र जर्सी पुरस्कार पाए। त्यसैगरी डिफेन्सीप खेलाडी सगरमाथाका आलोक यादव र एभरेष्ट स्कुलकी आयुषा भेटवाल घोषित भईन । उनीहरुले ट्रफी पुरस्कार पाए ।

प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र नेपाल बास्केटबल संघको केन्द्रीय उपाध्यक्ष विनायक कान्त पन्त,मोरङ बास्केटबल संघका उपाध्यक्ष अनिल राई,तेज राज गिरी,नवनित प्रधान,सरोज बस्नेत,सागर ढुंगाना, अनुभव दाहाल लगायतले वितरण गरेका थिए ।

कार्यक्रम संयोजक दिपेश कट्वालका अनुसार, यस वर्षको प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ ५ वटा टिम सहभागी रहेका छन् । यो संस्करणमा होम एण्ड अवे फर्म्याटको लिग प्रणालीमा रहेर प्रतियोगिता संचालन भएको थियो । जसमा प्रत्येक टिमले पहिलो चरणमै ६ खेल खेलेका छन्, ३ खेल आफ्नो होम कोर्टमा र ३ खेल प्रतिद्वन्द्वीको होम कोर्टमा खेलेका छन् । तर महिलातर्फ भने एउटा टिमले सबै टिमसग प्रतिस्पर्धा गरेका थिए । “यो फर्म्याटले खेलाडीहरूलाई विभिन्न वातावरणमा खेल्ने र आफ्नो कौशल विकास गर्ने अवसर प्रदान गर्ने छ,” संयोजक कट्वालले भने ।

उक्त प्रतियोगिताको पुरुषतर्फ दुई समुहमा विभाजन गरिएको थियो । जसमा समुह ‘ए’ मा अरनिको,विकेभिएम,सगरमाथा रहेका थिए । भने समुह ‘बी’ मा आदर्श,शिक्षादीप र एभरेष्ट रहेका थिए । त्यसैगरी महिलातर्फ विकेभिएम,अरनिको,सगरमाथा, हेरिटेज र एभरेष्ट स्कुलले सहभागीता जनाएका थिए ।

विराटनगर बास्केटबल एकेडेमीले आफ्नो वार्षिक खेल कार्यक्रम अन्तर्गत असोज महिनामा कर्पोरेट ३/३ बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

Facebook Comments