Fri. Apr 26th, 2024

चीन र भारतबीच सीमा द्वन्द्वको जिम्मेवारी पूर्ण रुपमा भारतको हुनुपर्ने चीनको अडान

काठमाडौं, २०७७ असार १० गते बुधबार

 चीन र भारतका सीमा रक्षक फौजबीच केही दिन पहिले गलवान उपत्यका क्षेत्रमा भएको द्वन्द्वको जिम्मेवारी पूर्ण रुपमा भारतले लिनुपर्ने अडान चीनले राखेको छ ।

आज चिनियाँ रक्षा मन्त्रालयको प्रेस व्युरोका अध्यक्ष एवम् प्रेस प्रवक्ता वु छ्यानले नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार – “गलवान उपत्यका क्षेत्रको सार्वभौकिता चीनसँग छ। धेरै वर्षयता चिनियाँ रक्षा फौजले त्यहाँ जाँचबुझ गर्दै आएको छ। चालू वर्षको अप्रिलदेखि यता भारतीय रक्षा फौजले एकपक्षीय रुपमा यस क्षेत्रको सीमा क्षेत्रमा प्रबन्धको निर्माण गर्न थालेको छ भने चीनले यसप्रति धेरै पटक कडा रूपमा गम्भीर सम्पर्क र विरोध गरेको छ।”

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार वु ले भन्नुभयो- “जुन १५ तारिख राति भारतीय फौजले यी दुवै मुलुकबीच प्राप्त सहमतिलाई उल्लङ्घन गर्दै वास्तविक नियन्त्रण रेखा पार गरी चिनियाँ फौजलाई उत्तेजित पारेको छ। चिनियाँ सेनाले भारतीय फौजसँग हिंसात्मक आक्रमणको सामना गरेको छ। भारतले भारत र चीनका नेताहरुबीचमा प्राप्त महत्वपूर्ण सहमतिलाई खास तथा व्यवहारिक रुपमा पालना गर्दै सीमा क्षेत्र र क्षेत्रीय स्थिरताका लागि सकारात्मक प्रयास गर्नसक्ने आशा पनि चीनले गरेको छ।”

Facebook Comments