Mon. Apr 29th, 2024

भारत चीन विवाद शान्तिपूर्ण रुपमा समाधान हुनुपर्छः परराष्ट्र मन्त्रालय

काठमाडौं, २०७७ असार ६ गते शनिबार

नेपालका दुई छिमेकी मुलुक भारत र चीनबीच हालै गलवान भ्यालीमा विकसित घटनाक्रम बारे परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी दुई देशबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान हुनुपर्ने जनाएको छ ।

गोरखापत्र अनलाईनका अनुसार विज्ञप्तिमा नेपालका दुवै मित्रवत छिमेकी मुलुकले असल छिमेकीपनको भावनामा आधारित रहेर आपसी मतभिन्नतालाई द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वमा सहयोग पुग्ने गरी शान्तिपूर्ण तरिकाबाट समाधान गर्ने कुरामा नेपालको विश्वास रहेको उल्लेख छ ।

साथै विज्ञप्तिमा नेपाल जहिल्यै पनि क्षेत्रीय तथा विश्व शान्तिको पक्षमा दृढतापूर्वक उभिँदैआएको पनि जनाइएको छ ।

Facebook Comments