Wed. May 15th, 2024

भारतमा नेपालको झण्डा जलाइएको विरोधमा युवाको प्रदर्शन

भारतमा नेपालको झण्डा जलाइएको विरोधमा शनिबार साँझ वीरगन्जमा प्रदर्शन गर्दै युवा । तस्बिर : क्रान्ति शाह

वीरगन्ज, २०७७ असार ६ गते शनिबार

भारतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको विरोधमा वीरगन्जमा युवाले प्रदर्शन गरेका छन्।

 नेपालले लिपुलेक, लिम्पुयाधारा र कालापानीसहितको नक्सा जारी गरेपछि त्यसको विरोध गर्दै भारतको प्रतापगढमा आँल इंडिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीनका नेता कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा जलाएका थिए ।

भारतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको तस्बिर र भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि युवाले प्रदर्शन गरेका हुन् । शनिबार साँझ घण्टाघरमा भेला भएका युवाले नेपालको झण्डा जलाउनेलाई कार्वाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाले नेपालको झण्डा जलाउने मुस्लिम मौलानालाई कार्वाही गर, नेपाल भारत बीचको सम्बन्ध बिगार्न खोज्ने तत्व मुर्दावाद, नेपाल आमाको जय जस्ता नारा पनि लगाएका थिए ।

घण्टाघर चोकबाट निस्किएको विरोध जुलुशमा सहभागी युवाले  माइस्थान, आदर्शनगर, घडीअर्वा परिक्रममा गर्दै पुन घण्टाघर चोकमा पुगेर नेपालको झण्डा जालाउने भारतीय मुस्लिम मौलनाको तस्बिर अंकित ब्यानर जलाएका थिए ।

युवाले ब्यानर जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि केही समय त्यहाँ तनाव भएको थियो ।  भारतमा नेपालको राष्ट्रिय झण्डा जलाएको विरोधमा प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी युवा कृष्ण चौरसीयाले बताए । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments