Sat. Apr 27th, 2024

नेपाल-भारत सीमा सम्बन्धको प्रमाण सङ्कलन गर्न नौ सदस्यीय विज्ञ समूह गठन

काठमाडौं, २०७७ जेठ २९ गते बिहीबार

सरकारले नेपाल भारत सीमा सम्बन्धको प्रमाण सङ्कलन गर्न अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा विज्ञ समूह गठन गरेको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे ।

गोरखापत्र अनलाईनका अनुसार उक्त समूहमा अन्तर्राष्ट्रिय कानुनविद् सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुङ्गेल, कानुनविद् विपिन अधिकारी, जलविज्ञ जगत भुसाल, नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बराल, अवकाशप्राप्त मेजर जनरल हिमालय थापा, महिला प्रतिनिधिका रूपमा अप्सरा चापागाईं र परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी रहनुभएकाे छ ।

Facebook Comments