Mon. May 6th, 2024

बालुवाटारमा सरकारविरुद्ध विशाल प्रदर्शन

काठमाडौं, २०७७ जेठ २९ गते बिहीबार

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकारविरुद्ध विशाल प्रदर्शन भएको छ।

सरकारले जनताका पीडा नबुझेको, कोरोना संकटमासमेत सरकार भ्रष्टाचारमा लिप्त भएको, स्वास्थ्य सामग्री खरिदमा भएका भ्रष्टाचारका ठूलठूला तथ्य सार्वजनिक गर्दा पनि सरकार चुपचाप बसेको, आरडीटी मात्र परीक्षण गरेर जनतालाई क्वारेन्टाइनमै ज्यान गुमाउन बाध्य हुँदा सरकार चुपचाप बसेको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन्।

विशाल प्रदर्शनको भिडलाई हटाउन प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। सरकारविरुद्ध चर्को नारा लाग्न थालेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेर भिड नियन्त्रणमा लिएको हो। बालुवाटारमा भएको प्रदर्शनका दृश्यलाई अन्नपूर्णका फोटो पत्रकार दिपेन श्रेष्ठले कैद गरेका छन्।

अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

 

Facebook Comments