Mon. Apr 29th, 2024

हामी अडिए मात्रै पनि हाम्रो भूमि जोगाउन सक्छौँः प्रधानमन्त्री

काठमाडौं, २०७७ जेठ २८ गते बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासले नयाँ नक्सा जारी भएको बताउनुभएको छ । उहाँले हाम्रो पुर्खाले लडेर बनाएको र जोागाएको कारणले हामी अहिले अडिएर बसे पुग्ने बताउनुभएको छ । सङ्घीय  प्रतिनिधिसभा बैठकलाई  सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसदले पुर्खाले जोगाएको कुरामा अडिन खेलेको भूमिका निक्कै सराहनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘कसले जस लिने र श्रेय लिने ? कसकाे देवत्वकरण गर्ने भन्ने कुरा हैन ।  लामो समयदेखि जनस्तरबाट उठेको छ । हामीले कसैले जस पाउला भनेर चिन्ता गर्न पर्दैन यो सबैको साझा कुरा हो । यसको जस कसैले लिँदैन । यो सबैको विजय हो । हामी फराकिलो भावनाले अघि बढाएका छौँ । जसका लागि सबै सर्वदलिय र सर्वपक्षिय बैठक अनुसार नै प्रयास अघि बढेको हो ।’

एक्कासि बाँध फुटेर बाढी जसरी कोरोना आयो

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको अवस्था भयाभह देखिएको बताउनुभयाे । ‘यहाँ फैलिएको कोरोना ८५ प्रतिशत भारतबाट आएका व्यक्तिबाट देखिएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले एक्कासी बाँध फुटेर बाढी आएजस्तो भएको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म कसैलाई दोष दिन चाहन्न । हाम्रोमा अरुकोमा भयाभह अवस्थामा रहँदासमेत हाम्रोमा शून्य थियो । हाम्रोमा चेकजाँच गर्ने मेसिन नभएर हङकङमा सुरुमा पीसीआर चेकजाँच गरेका छौँ । अहिले हाम्रोमा २१ वटा मेसिनले चेकजाँच गरिरहेका छौँ ।’

केही ठाँउमा व्यवस्थापनमा केही गम्भीर त्रुटिसमेत भएको उहाँले स्वीकार्नुभयो । उहाँले भन्नुभयो, ‘त्यस्तो गल्ती अब दोहाेर्याउन नदिने प्रयासमा छौँ । एकै प्रदेशमा मेसिन एक ठाउँमा पार्ट, अर्काे ठाँउमा गएको छ त्यसलाई जोड्न पाएको छैन । त्यसलाई चुस्त र दुरुस्त बनाउनेछौँ ।’

प्रधानमन्त्री ओलीले सुरुमा लकडाउनको नीति लिएर सरकारले उचित निर्णय  गरेको बताउनुभयाे ।  ५० हजार मानिसलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार व्यवस्थापन गर्नु सस्तो, सजिलो र सहज विषय नभएकाे बताउनुभयाे ।

प्रधानमन्त्रीले भारतबाट आएका नागरिकहरू थेक्न निकै गाह्रो रहेकाे र कात्तिकसम्म पनि यस्तै अवस्था रहेकाे देखिएकाे बताउनुभयाे । भन्नुभयाे, ‘साउनमा  धेरै उच्चविन्दुमा पुग्ने  देखिन्छ ।’ चाडपर्वमा विदेशमा बसेका मान्छेहरू आउँदा क्वारेनटाइनकाे भार थपिन सक्ने सम्भावना औल्याउनु भयो ।

प्रधानमन्त्रीले स्थानीय तहहरूको काम गराइबाे प्रशंसा गर्नुभयाे । भन्नुभयाे, ‘एउटा नाकामा १० हजार थपिनुभएको छ । खाने कहाँ ? राख्ने कसरी ? घर पठायो भने समुदाय सोत्तर होला भन्ने समस्या । स्थानीय तहले कसरी काम गर्नुभएको होला ? उहाँहरू त फिल्डमा खतरासँग लडेर काम गर्नुभएकाे छ ।’ उहाँले यस्तो विपदको बेला भ्रष्टाचार सह्य नहुने बताउनुभयाे । गोरखापत्र अनलाईनबाट

Facebook Comments