Fri. Apr 19th, 2024

विश्व अर्थतन्त्रका सामु दोस्रो विश्वयुद्ध यताको सबैभन्दा गम्भीर ह्रास देखापरेको विश्व बैंकको ठहर

काठमाडौं, २०७७ जेठ २७ गते मंगलबार

विश्व बैंकले जुन ८ तारिख सार्वजनिक गरेको पछिल्लो “विश्व अर्थतन्त्रको आउटलुक”अनुसार, कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो असर परेको छ। चालू वर्षमा विश्व अर्थतन्त्रमा ५.२ प्रतिशत ह्रास हुने अनुमान गरिएको छ। यो दोस्रो विश्व युद्धयताको सबैभन्दा गम्भीर ह्रास हुने छ। प्रति व्यक्ति उत्पादन घट्ने आर्थिक समूहको अनुपात पनि सन् १८७० यताकै सबैभन्दा उच्च स्तरमा रहनेछ।

विश्व बैंककाअनुसार, स्वदेशी आवश्यकता तथा आपूर्ति र व्यापारबाट गम्भीर असर परेका कारण विकसित आर्थिक समूहको आर्थिक कारवाही सन् २०२० मा ७प्रतिशत ह्रास हुने अनुमान गरिएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार अमेरिकी राष्ट्रिय आर्थिक अनुसन्धान व्यूरोको व्यापारिक चक्रको अनुमान परिषदले ८ तारिख वक्तव्य प्रकाशित गर्दै अमेरिकाको अर्थतन्त्रमा चालू वर्षको फेब्रुअरी महिनादेखि सन् २००८ को बैकिङ संकटपछि पहिलो पटक ह्रास आएको छ।

सोही दिन जापानी मन्त्री मण्डलले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालू वर्षको पहिलो त्रैमासिक अवधिमा जापानको कुल गार्हस्थ उत्पादनमा गत वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशत ह्रास भएको छ।

सिंगापुरका प्रधानमन्त्री ली सेन लुङले राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरस महामारीको असर परेका कारण सन् २०२० मा सिंगापुरको कुल गार्हस्थ उत्पादनमा ४प्रतिशतदेखि ७प्रतिशतसम्म ह्रास हुने अनुमान गरिएको कुरा बताउनुभयो।

यसैबीच विश्व बैंकको प्रतिवेदनअनुसार, भारतको सन् २०२०-२०२१ आर्थिक वर्षको वृद्धि दर घटेर माइनस ३.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

Facebook Comments