Thu. Apr 25th, 2024

काेराेनाबाट थप ३२३ सङ्क्रमित, कुल सङ्ख्या ४०८५ पुग्याे

काठमाडौं, २०७७ जेठ २७ गते मंगलबार

नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् ।

योसँगै सङ्क्रमितको कुल सङ्ख्या चार हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

त्यसैगरी, थप ९६ जना डिस्चार्ज हुनुभएकाे छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ५८४ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनाकाे मृत्यु भएकाे छ । गोरखापत्र अनलाईनका अनुसार चितवनकाे भरतपुर अस्पतालमा विहान चितवन-११ का एक काेराेना सङ्क्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

पहिलो पटक इलाम जिल्लामा पनि कोरोना सङ्क्रमित भेटिएकाले कोरोना फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

Facebook Comments