Sun. Oct 6th, 2024

बङ्गलादेशका जनताको हित सर्वोपरि, कानून-व्यवस्था छिट्टै बहाली हुने विश्वास-भारतीय विदेश मन्त्रालय   

  नयाँदिल्ली, २०८१ साउन २४ गते बिहीबार । भारतले बङ्गलादेशका जनताको हित नयाँदिल्लीका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताएको छ ।

भारत बङ्गलादेशमा तीव्र हिंसा र शेख हसिनाको राजीनमापछि ‘विकसित’ स्थितिप्रति चिन्तित रहेको उल्लेख गर्दै विदेश मन्त्रालयले बङ्गलादेशमा कानून-व्यवस्था शीघ्र बहाली हुने अपेक्षा गरेको बताएको छ । यो बङ्गलादेशका साथै सम्पूर्ण क्षेत्रको हितमा रहेको मन्त्रालयको भनाइ छ ।

“परिस्थिति विकास हुँदैछ… आज साँझ अन्तरिम सरकारको सपथ ग्रहण हुनेछ”, विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो, “त्यसैले एक पटक ती कुराहरू भइसकेपछि म के कुरामा जोड दिन चाहन्छु भने जहाँसम्म हामी, भारत सरकार, भारतका जनताको कुरा छ भारत चिन्तित छ, हाम्रा लागि बङ्गलादेशका जनताको हित सर्वोपरि छ ।”

बङ्गलादेशमा भारतीय कूटनीतिक मिसनहरूको अवस्थाबारे सोधिएको प्रश्नमा मन्त्रालयले गैर-आवश्यक कर्मचारी र उनीहरूको परिवारलाई परिस्थितिका बीच फिर्ता बोलाइएको भन्दै कानून र व्यवस्था पूर्ण रूपमा बहाली भएपछि सामान्य कामकाज सुरु हुने बताएको छ ।

बङ्गलादेशमा अल्पसङ्ख्यकहरूको अवस्थालाई उल्लेख गर्दै विदेश मन्त्रालयले स्थितिको अनुगमन गरिरहेको बताएको छ । साथै मन्त्रालयले अल्पसङ्ख्यकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न समूह र सङ्गठनहरूले चालेका कदमहरूको स्वागत गरेको छ ।  एएनआई

Facebook Comments