Sat. Sep 21st, 2024

खान युनूसमा आठ दिने इजरायली आक्रमणले ५८१ जना प्यालेस्टिनी हताहत     

गाजा, २०८१ साउन १६ गते बुधबार । गाजा दक्षिणमाअस्थित खान युनूसमा एक हप्ता लामो इजरायली आक्रमणमा परी ५८१ भन्दा बढी प्प्यालेस्टिनी हताहत भएका छन् ।

गाजाको सरकारी सञ्चार कार्यालयले बुधबार जारी गरेको एक विज्ञप्ति अनुसार खान युनूस क्षेत्रबाट फिर्ता हुनुअघि इजरायली पक्षले २५० भन्दा बढी प्यालेस्टिनीको हत्या गरेको, ३०० जना घाइते भएका र ३१ जना बेपत्ता भएका छन् ।

इजरायली सेनाले ३१ घरहरू ध्वस्त पारेको छ भने दर्जनौं घर तथा आवासीय संरचनासहित महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेको छ । इजरायली पक्षले उद्धार र राहत कर्मीलाई बाटोमा रोकेको, उनीहरूका कारण सयौँ सर्वसाधारण घाइते भएका र दशौं हजार विस्थापित भएका छन् । सेनाले मानवता विरुद्धको अपराधको रूपमा खान युनूसमा नागरिक र विस्थापित मानिसहरूको क्रूरतापूर्वक नरसंहार गरेको छ ।

इजरायली सेनाले जानाजानी आवासीय संरचना, छिमेक र घना जनसङ्ख्याको आवास क्षेत्रमा कारबाही गरी गाजाका धेरै क्षेत्रमा ठूलो सङ्ख्यामा नरसंहार निम्त्याएको प्यालेष्टिनी मानवअधिकारवादी समूहले उल्लेख गरेका छन् ।  क्यूएनए

Facebook Comments