Tue. Apr 23rd, 2024

अस्ताउँदो सूर्यलाई अर्घ्य दिंदै भव्य रुपमा मनाईयो छठ पर्व

विराटनगर, २०७६ कार्तिक १६ गते शनिबार

पूर्वी तराईका विभिन्न जिल्लाहरुमा अस्ताउँदो सूर्यलाई अध्र्य दिई भव्य रुपमा छठ पर्व मनाईएको छ । मोरंगको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा लगायतका खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु र चतहरा नहरका मुख्य तथा शाखा नहरहरुमा श्रद्धालु भक्तजन, ब्रतालु तथा स्थानीयवासीहरु दिउँसो २ वजेदेखि नै केरा, उखु, नरिवल, मुला, बेसार, ठेकुवा, भोगटे, अदुवा लगायतका विभिन्न पूजा सामग्रीहरु बोकेर पुगेका थिए ।


छठ पर्वको दिन वेलुकी अस्ताउँदो सूर्यलाई अध्र्य दिईने र त्यसको भोली पल्ट उदाउँदो सूर्यलाई अध्र्यदिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु जलासय तर्फ लागिरहेको दृश्य दिनैभरी यत्रतत्र देखिन्थ्यो । विराटनगरको सिंगिया तथा केसलिया खोलामा साँझ सूर्यलाई अध्र्य दिईने सवै तयारी भव्य रुपमा सम्पन्न भएको थियो ।

dav

विराटनगरको उत्तरपूर्वी दिशामा रहेको घिनाघाटस्थित सिंगिया खोलाको दुवै किनारा हुँदै विराटनगरको दक्षिणपूर्वी दिशामा रहेको हाटखोला कटहरीस्थित सिंगिया घाटमा छठ पूजाको लागि गरिएको भव्य सजिसजाउ हेर्न सैयौंको संख्यामा इटहरी, धरान र छिमेकी देश भारतका मानिसहरु पनि पुगेका थिए । लगभग ८ देखि १० किलोमिटर लामो क्षेत्रफलको सिंगिया खोलाको अधिकांश किनारालाई केरा, सयपत्री लगायत विभिन्न जातका फूल, त्रिपाल, विजुली वत्ति, विभिन्न रुखका पात आदिले झकिझकाउ पारिएको थियो । छठ पर्वको रमाईलो हेर्ने र छठको व्रत वस्नेहरुको वाक्लो उपस्थितीले स्थानिय खोला किनारामा घुईचो लागेको थियो ।

छठ पर्वकै अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ व्रतालुको रुपमा १६ औं पटक दण्डवत प्रणामयात्रा सम्पन्न गर्नुभएको छ । परम्परागत रुपमा सर्वसाधारणले आफ्नो मनोकांक्षा पूरा होस् भन्ने कामना गर्दै घिस्रिएर गरिने दण्डवत प्रणाम यात्रामा मेयर पराजुली सहभागी हुनुभएको हो । महानगरमा शान्ति र समृद्धिको कामना गर्दै मेयर पराजुलीले सो कठीन यात्रा गरेको बताउनु भयो ।

सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ ।

sdr

sdr

Facebook Comments