Fri. Sep 20th, 2024

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान   

काठमाण्डूबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको विमान । तस्बिरः किरणराज विष्ट/रासस

काठमाण्डू, २०८१ साउन ९ गते बुधबार । सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को-पाइलट), सुदीपलाल जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, मनुराज शर्मा, सन्तोष महतो, पुण्यरत्न शाही, एरिफ रेडा (विदेशी नागरिक)ले ज्यान गएका छन् । क्याप्टेन मनिषरत्न शाक्य घाइते हुनुभएको छ । रासस

Facebook Comments