Thu. Sep 19th, 2024

परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट   

काठमाण्डू, २०८१ साउन १ गते मंगलबार । परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल-भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ । त्यसक्रममा नेपाल-भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा. राणाको सचिवालयले जनाएको छ । राससका अनुसार भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु थियो ।

परराष्ट्रमन्त्री डा. राणाले सोमबार पद तथा गोपनियताको सपथसँगै पदबहाली गर्नुभएको हो ।

Facebook Comments