Sat. Oct 19th, 2024

चर्च बोइज युनाइटेड क्लब विजयी   

काठमाण्डू, २०८१ साउन २ गते बुधबार । राजधानीमा जारी एन्फा यु-१८ युथ लिग फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च बोइज थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

चर्च बोइजको जितमा अमनबहादुर तामाङले गरेको एक गोल नै निर्णायक बन्यो । उनले खेलको ४५औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै चर्चले तीन अङ्क जोडेको छ । यसअघि चर्च पहिलो खेलमा न्युरोड टिम (एनआरटी) सँग २-१ गोलले पराजित भएको थियो । थ्री स्टारको भने यो लगातार दोस्रो हार हो । थ्री स्टार लिगको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ७-२ गोलले पराजित भएको थियो । रासस

Facebook Comments