Wed. Apr 24th, 2024

छठ पर्वको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना

काठमाडौं, २०७६ कार्तिक १६ गते शनिबार ।

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

छठका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा भण्डारीले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धिका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । गोरखापत्र अनलाईनका अनुसार छठ पर्वले सामाजिक एकता प्रवद्र्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।

Facebook Comments