Sat. Jul 13th, 2024

तोलामा रु नौ सयले घट्यो सुनको मूल्य   

 काठमाण्डू, २०८१ असार २५ गते मंगलबार । स्थानीय बजारमा सुन मूल्य प्रतितोला रु नौ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार एक सय निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४३ हजार चार सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ८५ निर्धारण भएको छ । रासस

Facebook Comments