Sat. Apr 27th, 2024

गत डिसेम्बरमै अमेरिकामा कोरोना देखिएको हुनसक्ने अमेरिकी मिडियाको ठहर

काठमाडौं, २०७७ जेठ २ गते शुक्रबार

मे १२ तारिख का दिन प्रकाशित बिजनेस इन्साइडरको वेभसाइटमा गत डिसेम्बरमै अमेरिकामा नव कोरोना भाइरस देखिएको हुनसक्ने बताईएको छ । सो वेभसाइटमा प्रकाशित लेखका अनुसार अमेरिकाले चीनमा मात्रै ध्यान दिनाले लापरवाही भएको हुनसक्ने ठहर गरिएको छ । सो लेखले अमेरिकी सरकारले महामारी सुरू हुँदा चीनमा मात्रै ध्यान दिएकोले अत्यन्तै गम्भीर त्रुटि गरेको उल्लेख गरेको छ।

गत जनवरी २१ तारिख अमेरिका सीडीसीले अमेरिकाको पहिलो नव कोरोना भाइरस केस निश्चित गरेको थियो भने सोही दिन सीडीसीले एशियामा नव कोरोना भाइरसको फैलावटबाट सबैलाई चिन्ता परे पनि अमेरिकी सर्वसाधारणसमक्ष देखिने जोखिम अझै कम रहेको विचार व्यक्त गरेको थियो।

लेखका अनुसार, नयाँ प्रमाणबाट नव कोरोना भाइरस गत डिसेम्बर वा जनवरीमा फ्रान्स, अमेरिकाको न्यूयोर्क राज्य र फ्लोरिडा राज्यमा देखिइसकेको प्रमाणित भएको छ तर मार्च ११ तारिखसम्म मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपबाट आएका यात्रुलाई रोक्ने निर्णय गर्नुभएको थियो सोही अवधिसम्म युरोपबाट आएका यात्रुले अमेरिकामा केही महिनामै भाइरस भित्र्याइसकेका थिए भनि चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI ले समाचार लेखेको छ ।

Facebook Comments