Wed. Jun 26th, 2024

उपप्रधानमन्त्री लामिछानेद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन   

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने शुक्रबार गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित ‘गणतन्त्रको उपलब्धिःसमृद्धिका लागि पूर्वाधार’ विषयक प्रदर्शनीको राखिएका तस्बिर अवलोकन गर्दै । तस्बिर : नवीन पौडेल/रासस

काठमाण्डू,२०८१ असार २ गते आईतबार । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको छ ।

आज तस्बिर अवलोकनपछि प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले तस्बिरले गणतन्त्रपश्चात् पूर्वाधार विकासका क्षेत्रमा भएका उपलब्धिलाई प्रस्ट र बहुआयामिक ढङ्गले प्रस्तुत गरेको बताउनुभयो । “गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन कि भन्ने प्रश्नहरू उठ्दै आएका छन् । हामीले पनि कतिपय प्रश्न उठाएका हौँ तर यो प्रदर्शनी हेरेपछि केही भएको छ भन्ने अनुभूति भएको छ”, उहाँले भन्नुभयो, “वास्तवमा यो प्रदर्शनी एकप्रकारले मेरा लागि विकास निर्माणसम्बन्धी विषयको ‘टाइम ट्राभल’ जस्तै भएको छ ।”

आधिकारिक सूचना सम्प्रेषणका लागि रासस अन्तिम विश्वासका रूपमा रहेको पनि उहाँले बताउनुभयो । “सूचना महामारीको भीडमा रासस अन्तिम विश्वास हो । यसलाई कायम राख्दै थप राम्रो गर्नुहोला”, लामिछानेले भन्नुभयो । गणतन्त्र दिवस-२०८१ को अवसर पारेर राससले जेठ १० गतेदेखि तस्बिर प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनी असार १० गतेसम्म चल्नेछ ।रासस

Facebook Comments