Thu. Sep 19th, 2024

बुधबार नेप्से सूचक २३.८१ विन्दुले घट्यो

काठमाण्डू,२०८१ जेठ १६ गते बुधबार ।  बजेटलाई सेयर लगानीकर्ताले चिसो प्रतिक्रिया दिएका छन् । लगानीकर्ताका माग सम्बोधन नभएपछि बुधबार सेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको हो । यस दिन नेप्से सूचक २३.८१ विन्दुले घटेर  २०८९.४२ अंकमा झरेको छ ।  ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ४ समूहको सूचक बढेका छन् ।

बुधबार दोहोरो अंकले घटेपछि नेप्से सूचक पुनः २१ सयभन्दा तल अर्थात् २ हजारको लाइनमा आएको छ । लगानीकर्ताले बजेटमार्फत पुँजीगत लाभकरको दर घटाउन माग गरेका थिए । तर यो माग सम्बोधन भएन ।

यसैकारण तत्कालको प्रतिक्रियास्वरुपः बुधबार बजार रातो देखिएको हो । यो तत्कालको ‘रियाक्सन’ भए पनि दीर्घकालमा भने बजेटले सेयर बजारलाई हानि गर्ने केही प्रावधान नरहेको लगानीकर्ताले बताएका छन् ।

राससका अनुसार आज  ३१४ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ५२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट्स परेका छन् ।

Facebook Comments