Tue. Oct 1st, 2024

सिरोहियालाई पक्राउ गरिएकोप्रति आपत्ति   

नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी

काठमाण्डू, २०८१ जेठ ८ गते मंगलबार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति व्यक्त गर्नुभएको छ । सभापति देउवाले अध्यक्ष सिरोहिया पक्राउ परेपछि आज द्विट गर्दै आपत्ति जनाउनुभएको हो ।

यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल एक्समार्फत कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर सरकारले गल्ती गरेको उल्लेख गर्नुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाउनुभएको छ । “कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नै छ । तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ”, अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।

यसैगरी नेपाल पत्रकार महासङ्घलगायत विभिन्न सङ्घ संस्था, व्यक्तिलगायतले पनि अध्यक्ष सिरोहियाको गिरफतारीप्रति विरोध जनाएका छन् । रासस

Facebook Comments