Thu. Apr 18th, 2024

शिक्षा समितिको निर्देशन : शुल्क नलिनू, पठनपाठन नगराउनू

काठमाडौं, २०७७ बैशाक २४ गते बुधबार

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालयमा शुल्क नलिन र पठनपाठन नगर्ने व्यवस्था गराउन सरकारलाई निर्देशन दिएको छ ।

अनलाईन खवरका अनुसार बुधबार बसेको समिति बैठकले कोरोना महामारीको राम्रोसँग आकलन नगरी विद्यार्थीको परीक्षा र भर्ना नगर्न, शुल्क नलिन तथा औपचारिक रुपमा पठन पाठन नगर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको महामारीका कारण हाल विद्यालय बन्द रहेको छ । तर शहरी क्षेत्रका कतिपय विद्यालयले पठन पठान गराएको जानकारीमा आएकाले त्यस्तो गतिविधि रोक्न निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले औपचारिक रुपमा पठन पाठन गर्न उपयुक्त समय छैन ।

सुविधासम्पन्न विद्यालयले अनलाइनमार्फत पढाउने गरेको भए पनि त्यो खालको सुविधा हिमाली र पहाडी क्षेत्रमा सम्भव नभएकाले पठन पाठन नगर्न नगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको सभापति घर्तीले बताउनु भयो ।

Facebook Comments