Wed. May 1st, 2024

नयाँ कोरोना भाक्सिनको अनुसन्धानका लागि ८ अर्ब अमेरिकी डलर संकलन

काठमाडौं, २०७७ बैशाक २४ गते बुधबार

युरोपेली संघ र अन्य सम्बद्ध मुलुकको संयुक्त संयोजनमा “नयाँ कोरोना महामारीको सामना गर्ने अन्तर्राष्ट्रिय सहयोग सम्मेलन” मे ४ तारिख अनलाईनमा आयोजना गरिएको छ।

अमेरिकी सीएनएनले जनाए अनुसार, सो सम्मेलनमा झण्डै ८ अर्ब अमेरिकी डलरको पूँजी जुटेको छ। चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार  सो पूँजीलाई नयाँ कोरोना भ्याक्सिनको अनुसन्धान र उत्पादन, नयाँ कोरोना महामारीको जाँचबुझ र उपचार कार्यमा प्रयोग गरिनेछ। पूरै विश्वले साझा हितका लागि एकताबद्ध भावना देखाएको कुरा पनि युरोपेली संघ परिषद्का अध्यक्ष यर्सुला देरलेयनले औँल्याउनुभएको छ।

प्राप्त जानकारी अनुसार, चीन, फ्रान्स र बेलायत लगायतका विश्वका विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संगठनले आफ्नो प्रतिनिधिलाई पठाएर त्यस सम्मेलनमा भाग लिएका छन्। त्यसअघि विश्व स्वास्थ्य संगठनलाई सहायता बन्द गर्ने घोषणा गरेको अमेरिकाले उक्त सम्मेलनमा भाग लिएको छैन।

द न्यूयोर्क टाइम्सले जनाए अनुसार, अमेरिका सरकारका दुईजना उच्च पदाधिकारीले ४ तारिख अमेरिका विश्वको नेतृत्व गर्दै नयाँ कोरोना महामारीको प्रतिरोध गरिरहेको बताएका छन्। तर उक्त सहयोग गतिबिधिमा भाग नलिएको कारण के छ भन्ने पुष्टि गरेका छैनन्।

Facebook Comments