Tue. Apr 23rd, 2024

लकडाउनमा झ्यालबाट खिचेका उत्कृष्ट तस्वीरलाई पुरस्कार दिइने: नेपाल पर्यटन बोर्ड

काठमाडौं, २०७७ बैशाक १७ गते बुधबार

तपाईं यात्राप्रेमी हुनुहुन्छ र नियमित घुमघाममा निस्कनुहुन्थ्यो । तर, लकडाउनका कारण घरभित्रै थुनिनु भएको छ ? यदि छ भने फेरि पनि तपाईं लकडाउनलाई नै एक पर्यटकीय उत्पादनसँग जोड्न सक्नुहुन्छ । यो अवसर तपाईंलाई नेपाल पर्यटन बोर्डले उपलब्ध गराउने भएको छ । बोर्डले एक फोटो प्रतियोगिताको आयोजना गरेको छ ।

अनलाईन खवरका अनुसार लकडाउनमा घर बसाइँको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले ‘झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता’ आयोजना गरेको हो ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा समय सन्दर्भ मिल्ने तस्वीरहरू अनलाइनबाट पठाउन सकिने बताएको छ। यी फोटो भने तपाईंले लकडाउनमा घर भित्रै बसेको समयमा खिचेको हुनुपर्छ ।

बोर्डका अनुसार सहभागीले आगामी जेष्ठ १८ सम्म फोटो पठाइसक्नुपर्नेछ । बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिने भएको छ । उत्कृष्ट पाँच सहभागीहरूले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले फोटो प्रतियोगिताले नेपालको कुनाकाप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अघि बढाउनेे बताएका छन् ।

नेपाल पर्यटन बोर्डले चार वर्षअघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास ‘फोटो नेपाल’ फोटो प्रदर्शनी गर्दै आएको थियो ।

फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको हो । अहिले यसमा दुई हजार बढी सदस्यहरूका २० हजार फोटो संग्रह भएका छन् । इच्छुक कोहीले सोसियल एकाउन्टबाट समेत रजिस्ट्रर हुन सक्ने र प्रतियोगितामा सहभागी हुन सक्ने बोर्डले जनाएको छ।

Facebook Comments