Wed. May 8th, 2024

राससकर्मी अधिकारीलाई मातृशोक   

काठमाण्डू,२०८१ वैशाख १५ गते शनिबार । राष्ट्रिय समाचार समिति (रासस)को सेवाग्राही शाखा उपप्रमुख शशीधर अधिकारीलाई मातृशोक परेको छ । उहाँकी माता कलानिधिको ७१ वर्षको उमेरमा शुक्रबार अपराह्न निधन भएको हो ।

नसासम्बन्धी समस्याबाट पीडित उहाँको उपचारका क्रममा निधन भएको हो । दिवङ्गत अधिकारीका चार छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको आज दाङको घोराहीस्थित शङ्खपिपल घाटमा दाहसंस्कार गरिने छ ।

यसैबीच, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (रासस) र प्रेस सेन्टर रासस शाखाले सङ्गठनका सदस्य अधिकारीकी माताको निधनमा दुःख व्यक्त गरेको छ । सङ्गठनले मृतकप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।रासस

Facebook Comments