Thu. May 9th, 2024

बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै   

ढोरपाटन (बागलुङ), २०८१ वैशाख १५ गते शनिबार । बागलुङ- म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका-३ हटिया बजार-ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ ।

हटिया बजार-ताराखोला गाउँपालिका-३ स्थित घुस्मेली बजारसम्म रु २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताउनुभयो ।

राससका अनुसार  चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ ।

इन्जिनियर पुनले भन्नुभयो, “ हालसम्म ७० प्रतिशत काम पूरा भएको छ, सात किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ, मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना छ ।

Facebook Comments