Mon. Apr 20th, 2026

लकडाउनमा घर बसेकाको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

       

काठमाडौं, २०७७ बैशाक १५ गते सोमबार

नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।

आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हाे ।

सो सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउने गरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको हाे । गोरखापत्र अनलाईनबाट

Facebook Comments

सम्बन्धित समाचार