Sat. May 4th, 2024

पश्चिम भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु   

नयाँ दिल्ली, २०८१ वैशाख ९ गते आईतबार । भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार बिहान भएको सडक दुर्घटनामा १८ देखि ३० वर्ष उमेर समूहका कम्तीमा नौ पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

राजस्थानको झालवार जिल्लामा तीव्र गतिमा गुडिरहेको गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । पीडितहरू छिमेकी राज्य मध्यप्रदेशको विवाहमा सहभागी भई घर फर्किरहेका थिए ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना हुँदा दुर्घटनाग्रस्त गाडीमा १० जना सवार थिए । एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि ठूला सवारी साधनका चालक घटनास्थलबाट फरार भएको र पछि उनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएका थिए । सिन्ह्वा

Facebook Comments