Sun. May 5th, 2024

आईतबार सेयर बजार १२.२९ विन्दुले बढ्यो

काठमाण्डू,२०८१ वैशाख ९ गते आईतबार । आइतबार अन्तिम प्रहरमा आएर सेयर बजार सकारात्मक बनेको छ । यस दिन नेप्से सूचक १२.२९ विन्दुले बढेर १९८४.४३ अंकमा आएको छ । २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ११ वटा समूहका सूचक सकारात्मक भएका छन् ।

राससका अनुसार  यस दिन ३१० कम्पनीको ६३ लाख ९३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड २१ लाख रुपैयाँसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट र पिपुल्स पावर परेका छन् ।

 

 

Facebook Comments