Thu. May 2nd, 2024

काँग्रेसले ढिपी र जिद्दी सच्याउनुपर्ने ओलीको सुझाव

काठमाण्डू, २०८१ वैशाख २ गते आईतबार । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाउनुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताउनुभएको हो । उहाँले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको बताउनु भयो । अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको उल्लेख गर्नुभयो । उहाँले संसद पुराना अनुभवहरु लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्नेमा जोडदिनुभयो । न्यूज एजेन्सी नेपालका अनुसार अध्यक्ष ओलीले नेपाली काँग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने उल्लेख गर्नु .भयो । नेपाली काँग्रेसले संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्ने पनि बताउनु भयो ।

अध्यक्ष ओलीले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको बताउनु भयो । उहाँले वर्तमान सरकार भर्खर आएकाले धेरै विधेयकहरु परित गर्न नसकेको जानकारी दिनुभयो ।

Facebook Comments