Fri. May 3rd, 2024

बाढीको चपेटामा रूस   

अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको छ ।    

मस्को, २०८० चैत २८ गते बुधबार । रूसका केही भागमा तेह्र हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन् । अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन् ।

ओरेनबर्ग क्षेत्रमा सात हजार ७०० भन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण छ हजार ७०० आवासीय भवनहरू डुबानमा परेका र दुई हजार ६१६ मानिसहरूलाई विस्थापित भएका छन् ।

तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रूसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय सङ्घीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको छ । सिन्ह्वा

Facebook Comments