Sun. May 19th, 2024

साउदीअरबमा तारे होटललाई क्वारेन्टाइन बनाउन थाले पछि त्यहाँ कार्यरत नेपाली चिन्तित

काठमाडौं, २०७७ बैशाक १० गते बुधबार

साउदी सरकारले बिभिन्न तारे होटलहरुलाई पनि क्वारेन्टाइनका रुपमा प्रयोग गर्न थालेको छ । ती होटलहरूलाई क्वारेन्टाइन बनाउन थाले पछि त्यहाँ कार्यरत नेपालीले काम गर्न नसकिने गुनासोे गर्न थालेको दूतावासले बताएको छ ।

गुनासो सम्बन्धमा होटलको व्यवस्थापनसँग कुराकानी गर्दा होटलमा काम गर्ने सबैको सुरक्षाका लागि होटलले सरकारको निगरानी र निर्देशन अनुसार सावधानीका आवश्यक उपायहरु अवलम्वन गरेको र कुनै समस्या नभएको जानकारी दिएको दूतावासले बताएको छ ।

आफूले गर्ने काम सम्बन्धी समस्याहरूलाई प्रष्टरुपमा व्यवस्थापनसँग राख्न र सुरक्षाका सबै उपायहरुलाई अवलम्वन गर्दै कार्य गर्न नेपालीलाई दूतावासको अनुरोध छ । कोरोना भाइरसको संक्रमणको संवेदनशील र गम्भीर सावधानी अपनाउन जरुरी रहेको दूतावासको भनाइ छ ।

साथै हाल बसिरहेको आवास नछोड्न पनि दूतावासले साउदीमा कार्यरत सवै नेपालीलाई आग्रह गरेको छ । कम्पनीले जुनसुकै वहानामा बसिरहेको आवासबाट अन्यत्र लैजान खोजेमा स्वीकार नगर्न पनि अनुरोध गरेको छ ।

जानुपर्ने विश्वसनीय आधार भएमा चालकको भरमा मात्र नभई कम्पनीको प्रतिनिधिको साथमा मात्र जान दूतावासले बताएको हो ।  गोरखापत्र अनलाईनबाट

Facebook Comments