Sun. Apr 28th, 2024

थप तीन कोरोना संक्रमित फेला परे, कुल संक्रमित ४५ पुग्यो

काठमाडौं, २०७७ बैशाक १० गते बुधबार

नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानकारी गराउनुभयो ।

आज संक्रमण पुष्टि भएका २४ ६० र ७२ वर्षीया पुरूष रहेकाे पत्रकार सम्मेलनमा जानकारी गराइयाे । गोरखापत्र अनलाईनबाट

Facebook Comments