Wed. May 15th, 2024

ओलीको निर्देशनः सरकारको आलोचना नगर्नू

फाईल फोटो

काठमाण्डू, २०८० फागुन २९ गते मंगलबार । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

आज पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सरकारको बारेमा कुनै आलोचना गर्नुप-यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले तराईमा डोरीलाई कहिले कहिले सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेश गर्दै त्यसैगरी सरकारको बारेमा जथाभावी बोल्दाखेरी राम्रो नहुने बताउनु भयो ।

कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सन्तोषजनक र प्रसंशायोग्य बनाउने कुरामा पार्टीले योगदान दिने कार्य योजना समेत रहेको ओलीको भनाई छ । अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउने काममा पहलकदमी गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गरेकाले त्यसलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको पनि दोहो-याउनु भयो । नान

Facebook Comments