Sat. May 4th, 2024

परराष्ट्रनीतिले देशलाई एकीकृत गर्नुपर्नेमा विभाजन गरेको भन्दै विज्ञहरुद्वारा चिन्ता व्यक्त

फोटो: रमेश हतुवाली

रमेश हतुवाली/काठमाण्डू, २०८० फागुन २७ गते आईतबार । नेपालको परराष्ट्रनीतिले देशलाई एकीकृत गर्नुपर्नेमा विभाजन गरेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

फोटो: रमेश हतुवाली

आज काठमाडौंमा आयोजित “दक्षिण एसियाको भूराजनीतिक परिवर्तनमा नेपालको राष्ट्रिय हितको रक्षा” विषयक सेमिनारमा बोल्दै विज्ञहरुले सो विचार व्यक्त गरेका हुन् ।

डाक्टर चन्द्रदेव भट्ट, भूराजनीतिक विश्लेषक, फोटो: रमेश हतुवाली

सो समारोहमा बोल्नुहुँदै भूराजनीतिक विश्लेषक डाक्टर चन्द्रदेव भट्टले कुनै पनि देशको परराष्ट्रनीतिले मुलुकलाई एकीकृत गर्नुपर्नेमा नेपालको परराष्ट्रनीतिले देशलाई विभाजन गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले विश्वराजनीतिमा भइरहेका उथलपुथलहरुको चर्चा गर्नुहुँदै नेपालको सार्वभौमिकता र अखण्डताका लागि नेपालको परराष्ट्रनीतिलाई सक्रियतापूर्वक कार्यान्वयन गर्न जोड दिनुभयो ।

फोटो: रमेश हतुवाली

वैदेशिक मामिला विज्ञ गोपाल खनालले नेपालको भूराजनीतिक अवस्थिती अवसरै अवसरले भरिएको भएतापनि नेपालले त्यसको फाईदा लिन नसकिरहेको बताउनु भयो । दुनियाँले चीन र भारतलाई हेरेर दृष्टिकोण बनाईरहेको समयमा नेपालले एमसीसी परियोजना लागु गरे पनि बिआरआई परियोजना लागु गर्न किन नसकेको हो भनि प्रश्न गर्नुभयो ।

गोपाल खनाल, वैदेशिक मामिला विज्ञ, फोटो: रमेश हतुवाली

काठमाडौं पोष्टका पूर्व प्रधान सम्पादक अखिलेस उपाध्यायले भारत र चीनले सीमावर्ती क्षेत्रमा बस्ती विकास गरिरहेको अवस्थामा नेपालका दुवै छिमेकी देशसँग जोडीएका सीमाक्षेत्रका वस्ती खाली हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले काठमाडौमा बसेर राष्ट्रवादको वकालत गर्नुको अर्थ नहुने पनि बताउनु भयो ।

अखिलेस उपाध्याय, पूर्व प्रधान सम्पादक, काठमाडौं पोष्ट, फोटो: रमेश हतुवाली

परराष्ट्रमन्त्री र परराष्ट्र विज्ञ राजनीतिक दलका मान्छे हुन नहुनेमा विज्ञहरुको जोड, नेपालको परराष्ट्रनीतिले देशलाई एकीकृत गर्नुपर्नेमा विभाजन गरेको भन्दै चिन्ता व्यक्त ।।

फोटो: रमेश हतुवाली

सो समारोहमा बोल्नुहुँदै पूर्वराजदूत डाक्टर दिनेश भट्टराईले विषम परिस्थीतिमा स्थापना भएको दक्षिण एशियाली सहयोग संगठन सार्क स्थापनाकालमा अत्यन्त सक्रिय रहे पनि विभिन्न कारणहरुले गर्दा पछिल्लो समय कमजोर बनिरहेको जानकारी दिनुभयो ।

डाक्टर दिनेश भट्टराई, पूर्वराजदूत, फोटो: रमेश हतुवाली

पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यातले सार्क सक्रिय नहुँदा विभिन्न योजनाहरु अलपत्र परेको जानकारी दिनुहुँदै सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा नेपालको भूमिका कमजोर भएको गुनासो गर्नुभयो ।

डाक्टर निरन्जनमान सिंह बस्न्यात, पूर्वराजदूत, फोटो: रमेश हतुवाली

इस्टिच्युट अफ फरेन अफियर्सका वरिष्ठ अनुसन्धानकर्ता मात्रिका पौड्यालले मुलुकको परराष्ट्रनीतिको बारेमा चर्चा गर्नुहुँदै परराष्ट्रक्षेत्रमा काम गर्ने जनशक्तिहरुमा सम्बन्धित विषयविज्ञता हुनुपर्नेमा जोड दिनुभयो ।

मात्रिका पौड्याल, वरिष्ठ अनुसन्धानकर्ता, इस्टिच्युट अफ फरेन अफियर्स, फोटो: रमेश हतुवाली

कार्यक्रम आयोजक संस्था फ्रेण्ड्स अफ सिल्करोड क्लव नेपालका महासचिव डाक्टर कल्याणराज शर्माले विभिन्न कालखण्डमा नेपालको भूराजनीतिले जटिल मोडहरु पार गर्दै आएको बताउनु भयो । डाक्टर शर्माले २०४७ सालपछिको खुला राजनीतिक अवस्थाले नेपालको भूराजनीतिक धरातल सवल र स्थिर बन्नुको साटो कमजोर र अस्थिर बनेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

डा. कल्याणराज शर्मा, महासचिव, फ्रेण्ड्स अफ सिल्करोड क्लव नेपाल, फोटो: रमेश हतुवाली

फ्रेण्ड्स अफ सिल्करोड क्लव नेपाल र बाय हिमालयद्वारा संयुक्त रुपमा आयोजित सो सेमिनारमा पूर्वमन्त्री गणेश साह, नेपाल विद्युत प्राधिकरणका पूर्वसहायक कार्यकारी निर्देशक प्रबल अधिकारी, खाद्य सुरक्षा विज्ञ विश्व पराजुली, उर्जा परिषद्का अध्यक्ष आशिस गार्ग लगायतले नेपालको भूराजनीतिक अवस्थाका चुनौती र सम्भावनाहरु, नेपालको जलश्रोत र विद्युतीकरण, चीन र भारत लगायतका देशहरुसँगको व्यापारीक सम्बन्ध र खाद्य सुरक्षा लगायतका विविध विषयमा बोल्नु भएको थियो ।

फोटो: रमेश हतुवाली

समारोहमा वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ, प्राध्यापक डाक्टर मोहन लोहनी लगायतले नेपालको भूराजनीतिक चुनौती, भारत र चीनसँग नेपालको सम्बन्ध, विआरआई र एमसीसी, दक्षिण एशियाको कनेक्टिभीटि लगायतका विभिन्न विष्ययहरुमा सुझाव दिनुभएको थियो ।

Facebook Comments