Mon. Dec 23rd, 2024

अमरीकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोक्यो

काठमाडौं, २०७७ बैशाक ३ गते बुधबार
कोरोना भाइरसको संक्रमण रोक्न विश्व स्वास्थ्य संगठनले आधारभूत कार्य समेत गर्न नसकेको भन्दै अमरीकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोकेको छ ।

अमरीकी राष्ट्रपति डोनल्ड ट्रंपले भन्नु भयो मैले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोक्न निर्देशन दिएको छु । राष्ट्रपति ट्रंपले विश्व स्वास्थ्य संगठनप्रति असन्तुष्टि ब्यक्त गर्दै भन्नुभयो चीनको उहानमा कोरोना भाइरसको संक्रमण सुरु भयो तर संयुक्त राष्ट्र संघको यो संगठन सो भाइरस नियन्त्रण गर्न असफल रह्यो । त्यत्तिमात्र होइन विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सम्बन्धि यथार्थ जानकारी पनि लुकाईरह्यो । ट्रंपले यस अघि नै विश्व स्वास्थ्य संगठनलाई चीनको इराशामा नाचिरहेको आरोप लगाउनु भएको थियो ।

यत्तिवेला अमेरिका कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त ठूलो क्षति व्यहोरी रहेको छ । पछिल्लो जानकारी अनुसार त्यहाँ २६ हजार ४७ जनाले ज्यान गुमाई सकेका छन् भने ६ लाख १३ हजार ८ सय ८६ जनामा संक्रमण देखिएको छ । राष्ट्रपति ट्रंपले अमेरिकामा कोरोना महामारी रोक्न ठीकसँग काम नगरेको आरोप खेपिरहनु परेको छ । जुन पीडालाई उनले विश्व स्वास्थ्य संगठनमाथि प्रहार गरेर भुल्ने प्रयास गरिरहेको विश्लेषकहरु बताउँछन् ।

अमेरिका विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै आर्थिक सहयोग दिने देश हो । गत वर्ष अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई ४० करोड डलर ४ सय मिलियन डलर आर्थिक सहयोग दिएको थियो । विविसी

Facebook Comments